मकवानपुरमा गाँजासहित एक युवा पक्राउ

निरन्तर न्यूज
१८ आश्विन २०८१, शुक्रबार १६:३६

हेटौंडा । हेटौंडामा १०७ केजी लागूऔषध गाँजा र बोलेरो गाडी सहित १ जना पक्राउ परेका छन् । हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ नेवारपानी चेकपोष्ट स्थित पुर्व पश्चिम लोकमार्ग सडकमा सवारी साधानहरु रोकी चेकजाँच गर्ने ठुलो परिमाणको गाँजा फेला पारिएको हो ।

मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा १२ च २८८५ नंबरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा बोलेरो गाडी चालक मकवानपुरको थाहा नगरपालिका वडा नंबर– २ पालुङ बस्ने २४ वर्षिय सुजन तामाङलाई गाँजा सहित पक्राउ गरिएको जिल्ल प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बोलेरो गाडी समेतको प्रहरीले खानतलासी गर्दा गाडीको ढाला भित्र लुकाई ल्याइएको अवस्थामा १०७ किलो ५० ग्राम लागूऔषध गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*