रक्सीले १२ जनाकाे ज्यान लियाे

निरन्तर न्यूज
१५ जेष्ठ २०७६, बुधबार ०८:२३

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी सेवनका कारण १२ जनाको ज्यान गएकाे ।  प्रदेशको बाराबकीको रामनगरमा आसपासमा विषाक्त रक्सी सेवनका कारण १२ जनाको मृत्यु हुनुका साथै २५ जना बिरामी परेको स्थानीय प्रहरीले जनाएको छ ।

उत्तर प्रदेश सरकारले घटनाको छानविन गर्दै डीइओ, ८ जना प्रहरी जवान र आबकारी निरिक्षकलाई निलम्बन गरेको छ । घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।

रक्सी बिक्री गर्ने पसल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तश्विर गुगल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*