विजया दशमीमा दिन पूर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिने

निरन्तर न्यूज
१८ आश्विन २०८१, शुक्रबार ०७:५०

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीका दिन निर्मला निवासमा टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले एक सूचना जारी गर्दै यस वर्ष पूर्वराजाले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने जनाएको छ ।

संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्व राजा शाह र पूर्वा रानी कोमल शाहले विजय दशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउने भएका हुन् ।

पूर्व राजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*