विद्युत बक्यौता जुनसुकै अवस्थामा तिर्नुपर्ने : मन्त्री पुन

निरन्तर न्यूज
१५ जेष्ठ २०७६, बुधबार ०८:१४

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले व्यवसायीहरूले लिइरहेको विद्युत महसुलको बक्यौता जुनसुकै अवस्थामा तिर्नुपर्ने धारणा राखेका हुन् ।

प्राधिकरणले दिएकाे डेडिकेटेड फिडर र ट्रंकलाइनमा देखिएको विवादका विषयमा ऊर्जा, जलश्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले टीमद्वारा जारी अध्ययनबाट सुविधा प्रयोग गरेको पाइए महसुल पनि तिराउने मंगलबार आयाेजित पत्रकार सम्मेलनमा बताएका छन् ।

मन्त्री पुन विदेश भ्रमणमा रहेको बेला सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रङ्कलाईन फिडरमा देखिएको विवादका विषयमा बुझ्न भन्दै ऊर्जा मन्त्रालय र प्राधिकरणका प्रतिनिधिलाई बोलाएको थियो ।

लेखा समितिमा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे र प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई बोलाइएको थियो । आफ्नो अनुपस्थितिमा लेखा समितिमा यो विषय उठेका कारण पनि आफूले त्यस बारेमा धारणा राख्न नपाएका कारण पत्रकार सम्मेलन गरिएको मन्त्री पुनको भनाइ छ ।

निजी क्षेत्रलाई निरुत्साहित गर्ने आफूहरूको मनसाय नभए पनि उनीहरूले प्रयोग गरेको विद्युत महसुल तिर्नुपर्नेमा मन्त्री पुनले जोड दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*