मकवानपुरको मनहरीमा डुबेर एक शिशुसहित दुइ जनाको मृत्यु

निरन्तर न्यूज
१७ आश्विन २०८१, बिहीबार १९:५८

हेटौंडा । मकवानपुरको राप्ती खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मनहरी गाउँपालिका—६ का ५५ वर्षीय भद्रबहादुर राईलाई गोठाला जानेक्रममा सोमबार राप्ती खोलाले बगाएर बेपत्ता पारेको थियो ।

मनहरी कत्लेखोलास्थित सशस्त्र प्रहरी पोस्टका प्रहरी र स्थानीयवासीले खोजी गर्ने क्रममा मनहरीकै मचाङमा घाइते अवस्थामा राईलाई फेला पारेका थिए। राईको प्रारम्भिक उपचार मनहरीस्थित मनहरी अस्पतालमा गरिएको थियो ।

उनको थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी मनहरी गाउँपालिका–६, प्रतापपुरमा १८ महिने शिशुको कुलोमा डुबेर मृत्यु भएको छ ।

बुधबार बिहान साढे ९ बजेको समयमा श्याम प्रजाको छोरा १८ महिनाको सामुयल प्रजा घर नजिकै खेल्दै जाने क्रममा घरदेखि ५० मिटरको दुरीमा रहेको कुलोमा डुबिरहेको अवस्थामा भेटिएको थियो । श्याम प्रजाले अचेत अवस्थामा भेटेको शिशुलाई उपचारका लागि मनहरी अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषित गरिदिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*