बाढीपहिरोले उर्जा क्षेत्रमा २ अर्ब ४५ करोड बराबरको क्षति

निरन्तर न्यूज
१३ आश्विन २०८१, आईतवार १९:५८

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोले सञ्चालनमा रहेका ६२५.९६ मेगावाटको ११ वटा जलविद्युत् आयोजनमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै अविरल बर्षाका कारण ११ सय मेगावाट विद्युत अवरुद्ध भएको जानकारी दिएको हो । ऊर्जामन्त्री दीपक खड्काले अहिलेसम्म प्राप्त तथ्यांक अनुसार ऊर्जा क्षेत्रमा मात्रै करिब २ अर्ब ४५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जानकारी दिए ।

करिब ११०० मेगावाट क्षमताका विभिन्न जलविद्युत आयोजनाको विद्युत् गृह बन्द रहेको उनले बताए ।

मन्त्रालयका अनुसार नदी नियन्त्रण तथा सिंचाई क्षेत्रमा करिब १ अर्ब ३५ करोड रूपैयाँ बराबरको क्षति पुगेको जनाएको छ ।
विभिन्न सिँचाइ आयोजना तथा नदि नियन्त्रणमा क्षति पुगेको मन्त्रालयका सिँचाइ सचिव सरिता दुवाडीले जनाइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*