अन्तर विद्यालय फुटबल प्रतियोगिता हुने

निरन्तर न्यूज
१५ जेष्ठ २०७६, बुधबार ०७:१२

हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जिल्ला स्तरिय अन्तर  विद्यालय छात्र/छात्रा क्विक्स कप फुटबल प्रतियोगिता हुने भएको छ । संघले यही जेठ २५ गतेदेखि प्रतियोगिता गर्न लागेको जनाएको छ ।

१४ वर्ष देखि १६ वर्ष सम्मको उमेर समूहका छात्र/छात्राहरुलाई सहभागि गराएर विद्यालय तहदेखि नै फुटबल क्षेत्रमा सक्षम बनाएर जिल्ला, प्रदेश हुँदै राष्ट्रिय रुपमा खेल्न सक्ने आधार तयार गर्न प्रतियोगिता उपयोगी हुने संघका महासचिव युनाल मल्लले जानकारी दिए । मकवानपुर जिल्ला भरीका विद्यालयले यस प्रतियाेगितामा भाग लिन पाउने छन् ।

जेठ २२ गते भित्र टीम दर्ता गरिसक्नु पर्ने प्रतियोगितामा छात्रालाई २ हजार र छात्रलाई ३ हजार रुपैया दर्ता शुल्क तोकिएको महासचिव मल्लले जानकारी दिए । अन्य प्रतियाेगिताकाे तयारीबारे तथा पुरस्कारबारे पछि संघमा छलफल पश्चात जानकारी गराउने मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु