सहकारी ठगेर फरार रहेका मेयर दिल्लीमा पक्राउ

निरन्तर न्यूज
११ आश्विन २०८१, शुक्रबार १८:५१

काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतीय प्रहरीको सहयोगमा उनलाई दिल्लीमा पक्राउ गरेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।

नेपाली इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । बचतकर्ताको २ अर्बभन्दा बढी अपचलन गरेको आरोप लागेका नेपाली २०८० जेठमा अनुसन्धान सुरू भएपछि फरार भएका थिए । गत माघमा इन्टरपोलले उनीविरुद्ध रेडकर्नर नोटिस जारी गरेको थियो । भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालिएको छ ।

नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*