श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित

निरन्तर न्यूज
६ आश्विन २०८१, आईतवार २०:५८

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दिसानायके निर्वाचित भएका श्रीलंकाको निर्वाचन आयोगले जनाएको छ । आयोगले आइतबार साँझ उनी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हो ।

आइतबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि श्रीलंकाको इतिहासमै दोस्रोपटक निर्वाचन भएको थियो ।

दोस्रो चरणको निर्वाचनमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायके र विपक्षी दलका नेता साजिथ प्रेमदासाबीच प्रतिस्पर्धा भएको थियो ।

यस वर्षको निर्वाचनलाई इतिहासकै सबैभन्दा नजिकको प्रतिस्पर्धाका रूपमा व्याख्या गरिएको छ । श्रीलंकामा १ करोड ७० लाख मतदाता छन् र देशको निर्वाचन आयोगले यो इतिहासकै सबैभन्दा शान्तिपूर्ण निर्वाचन भएको बताएको छ ।

यद्यपि, प्रहरीले ‘सार्वजनिक सुरक्षा’लाई उद्धृत गर्दै शनिबार राति कर्फ्यू घोषणा गर्‍यो र यसलाई आइतबार स्थानीय समय अनुसार दिउँसो १२ बजेसम्म लम्ब्याएको थियो।

श्रीलंकामा करिब दुई वर्षअघि आर्थिक अवस्था बिग्रिएपछि ठूलो प्रदर्शन भएको थियो । त्यसपछि शनिबार मुलुकमा पहिलो पटक राष्ट्रपति निर्वाचनको मतदान भएको छ ।

श्रीलंकामा मतगणना भइरहेका बेला सुरक्षा अधिकारीहरू सडकमा गस्ती गरिरहेका देखिएका छन् । यो निर्वाचनलाई सरकारको अर्थतन्त्रको व्यवस्थापनमा जनमत संग्रहका रूपमा हेरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*