दुर्गा प्रसाईं पक्राउ, तीन दिन हिरासतमा राख्न अनुमति
काठमाडौं। नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ ।
प्रसाईंलाई भक्तपुरको कमेरोटार स्थित उनको घरबाट पक्राउ गरिएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए ।
यसैबीच प्रसाईंले आफ्नो शरिरमा एक थोपा रगत बाँकी हुँदासम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लडिरहने बताएका छन्।
प्रसाईंले आफू तस्करहरूविरुद्ध लड्दा पक्राउ परेको पनि बताए। ‘तस्करहरूको विरुद्धमा लड्दा आज यो मैले भोगेको छु। एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु,’ उनले भने। प्रसाईंलाई तीन दिन म्याद थप्न अनुमति मिलेको छ ।