अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा

निरन्तर न्यूज
६ आश्विन २०८१, आईतवार २०:३९

काठमाडौं । वेस्ट बैंकको रामल्लाहमा रहेको न्यूज च्यानल अल जजिराको कार्यालयमा इजरायली सेनाले छापा मारेको छ ।

सेनाले अल जजिराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश समेत दिएको छ ।

आइतबार बिहान सशस्त्र र मुखौटा लगाएका इजरायली सैनिक प्रत्यक्ष प्रसारणको क्रममा भवनमा प्रवेश गरेका थिए ।

इजरायली सैनिकले बन्द गर्न आदेश दिएको अल जजीराको वेस्ट बैंक ब्यूरो प्रमुख वालिद अल-ओमारीले जानकारी दिए ।

उनले आदेशपछि लाइभमै भने, “यस्ता पत्रकारलाई लक्षित गर्ने उद्देश्य सधैँ सत्यलाई मेटाउने र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।”

अप्रिलमा इजरायलको संसद्‌ले सरकारलाई युद्धको समयमा राष्ट्रिय सुरक्षाको लागि खतरा मानिने विदेशी समाचार प्रसारकलाई अस्थायी रूपमा बन्द गर्ने अधिकार दिने कानून पारित गरेको थियो ।

मेको सुरुमा पनि नाजेरेथ र पूर्वी जेरुसेलममा रहेको अल जजिराको कार्यालयमा छापा मारिएको थियो । इजरायलले आइतबारको कारबाहीबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*