मकवानपुर प्रहरीद्वारा एक करोड भन्दा बढीको अवैध कपडासहित २ जना पक्राउ

निरन्तर न्यूज
३ आश्विन २०८१, बिहीबार १६:३८

हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडामा ठुलो परिणाममा भन्सार छली ल्याएको १ करोडभन्दा बढीको अवैध कपडा सहित २ जनालाई पक्राउ गरेको छ।

बुधबार राति मकवानपुर प्रहरी प्रमुख एसपी सिताराम रिजाल नेतृत्व टोलीले हेटौंडा १५ रातोमाटेबाट भन्सार छली ल्याएको १ करोड ३५ लाख मुल्यको अवैध लत्ताकपडा सहित २ जनालाई पक्राउ गरेको हो ।

बिहीबार हेटौंडा १५ रातोमाटे प्रहरी चौकीमा पत्रकार सम्मेलनको आयोजना गर्दै एसपी रिजालले बुधबार राति आफ्नो नेतृत्वमा रहेको प्रहरीले टोलीले सुनसरीबाट हेटौंडा हुँदै काठमाडौं जान लागेको बि आर ०५ जि डि १३४३ नम्बरको भारतिय ट्रकमा अवैध रुपमा ठुलो परिणाममा कपडा आइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा उक्त मुल्य बराबरको लत्ताकपडा बरामद गरिएको जनाएका छन् ।

पत्रकार सम्मेलनमा ट्रकमा खानतलासी गर्दा ३ सय ४५ बोरा आलुको भन्सार बिल काटेर प्रति बोरा ५० किलोको दरले २ सय ६४ बोरा आलु राखी त्यसको भित्री भागमा लुकाए ७४ बोरा विभिन्न खाले लत्ताकपडाहरु ल्याएको पाईएको एसपी रिजालले बताएका छन्।

अवैध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले ट्रकका चालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पुर्वी चम्पारण सपही बस्ने ३० वर्षका जन्दार आलम र सहचालक भारतको बिहार राज्यको मोतिहारी जिल्ला पुर्वी चम्पारण बन्जरिया चौलाहा कलोनी बस्ने १९ वर्षका मुना मियालाई नियन्त्रणमा लिएको बताएका छन् ।बरामद कपडा र ट्रकलाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय बाराको पथलैया पठाइएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*