दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना सिंह

निरन्तर न्यूज
१ आश्विन २०८१, मंगलवार १८:१३

काठमाडौं । आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना सिंह दिल्लीको मुख्यमन्त्री बन्ने भएकी छन् ।

आम आद्मी पार्टी (आप)को विधायक दलको बैठकले आतिशीलाई दल नेता चुनेको हो । सर्वसम्मतीमा उनलाई नयाँ मुख्यमन्त्रीका लागि दल नेता चुनिएको हो ।

मदिरा सम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले सम्हालेकी थिइन् ।

वर्तमान मुख्यमन्त्री केजरीवालले उपराज्यपाल वीके सक्सेनालाई भेटेर राजीनामा दिने छन् ।१३ सेप्टेम्बरबाट तिहाड जेलबाट रिहा भएका केजरीवालले १५ सेप्टेम्बरमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*