प्रदेश सरकारको नीति तथा कार्यक्रम : फलोअप डेस्क देखि अनुसन्धान ब्यूरो

निरन्तर न्यूज
१४ जेष्ठ २०७६, मंगलवार १९:१५

हेटौंडा । ३ नम्बर प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०७६।७७ को नीति तथा कार्यक्रम प्रदेश प्रमुख अनुराधा कोइराला र प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रमकाका केही महत्वपूर्ण कार्यक्रमहरु यस प्रकार रहेका छन् ।

भुकम्पबाट क्षति भएका विद्यालय तत्काल बन्ने
नीति तथा कार्यक्रममा भुकम्पबाट क्षति भएको विद्यालयलाई छिटै पुननिर्माण गरिने मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान बनाईने 
प्रदेश तीन को राजधानीको रुपमा रहेको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान बनाउने मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

मुख्यमन्त्री कार्यालयमा फलोअप डेक्स स्थापना 
मुख्यमन्त्री डोरमणी पौडेलले विकासको योजना थप ब्यवस्थित बनाउन मुख्यमन्त्री विकास आयोजनाको अनुमन गर्न नीतिगत तथा सस्थागत संरचनाको स्थापना गर्ने र मुख्यमन्त्रीको कार्यालयमा फलोअप डेक्स स्थापना गरिने बताए ।

उपभोक्ता हितमा बजार
नीति तथा कार्यक्रममानै बजार अनुमगनलाई नियमित गरेर उपभोक्ता हितलाई महत्वमा राखिने र आम उपभोक्ताहरु ठगिने कार्य रोक्न सरकारले नीति तथा कार्यक्रममानै समावेश गरेको मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

प्रदेश सार्वजनिक खरिद ऐन बनाईने

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले सार्वजनिक खरिद ऐनलाई थप ब्यवस्थित बनाउँदै प्रदेश सार्वजनिक खरिद ऐन बनाईने घोषणा गरेका छन् । संघीय सरकारले पनि यसको व्यवस्था गरेको छ ।

महानगरमा खरको छानो भए जस्ताको हाल्ने
प्रदेश ३ मा रहेका तीनवटा महानगरपालिकामा खरको छानो भएको घरलाई उचित व्यवस्थापन गर्न जस्ताको छानो राखिदिने नीति तथा कार्यक्रममा घोषणा गरिएको छ ।

प्रदेश अनुसन्धान ब्युरो बनाईने 
प्रदेशको सुरक्षालाई मजवुत बनाउनको लागि प्रदेश अनुसन्धान ब्युरो बनाईने मुख्यमन्त्री डोरमणी पौडेलले बताए ।

भीमफेदी काठमाण्डौँ सुरुङमार्ग गौरबको योजना
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले पोष्टबहादुर भीमफेदी काठमाण्डौँ सुरुङमार्ग तथा पुष्पलाल प्रदेश चक्रपथ गौरबको योजना रहेको बताएका छन् । उक्त योजना निर्माण गर्न प्रदेश सरकारले कार्य सुरु गरेको बताईएको छ ।

भ्रष्टाचार विरुद्ध कडा नीति बनाईने
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले , भ्रष्टाचार विरुद्ध कडा नीति बनाईने घोषणा गरेका छन् । उनले जिल्ला समन्वय समितिलाई थप अधिकार सम्पन्न बनाईने समेत कार्यक्रम प्रस्तुत गरेका छन् ।

प्रत्येक जिल्ला एक रंगशाला 
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश तीनको प्रत्येक जिल्लाका एक/एक रंगशाला तथा प्रत्येक निर्वाचन क्षेत्रमा एक/एक कवर्डहल बनाइने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*