अब नयाँ अवधारणाको प्रदेश विश्वविद्यालय बन्ने

निरन्तर न्यूज
१४ जेष्ठ २०७६, मंगलवार ०६:१४

हेटौंडा । प्रदेश नम्बर ३ मा अब नयाँ अवधारण सहितको रोजगारमूलक प्रदेश विश्वविद्यालय बन्ने भएको छ । प्रदेश बिश्व बिद्यालय स्थापना सम्बन्धी अध्ययन तथा सिफारिस गर्न बनेको कार्यदलको अन्तिम प्रतिबेदन सोमबार प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई बुझाइएको छ ।

प्रदेशको सामाजिक बिकाश मन्त्रालयको अगुवाईमा बनेको कार्यदलले चीन र भारतका विश्वविद्यालयहरुको अध्ययन अनुसन्धान गरी वस्तुसंगत प्रारम्भिका खाका तयार पारेर विश्वविद्यालयको क्षेत्रमा विद्वता राख्ने विज्ञहरुसँगको गुहकार्यले अन्तिम रुप दिएको प्रतिवेदन सोमबार सामाजिक बिकाश मन्त्री युवराज दुलालले मुख्यमन्त्रीलाई बुझाएका हुन् ।

अव बन्ने विश्वविद्यालय बडि प्राज्ञिक स्वतन्त्रता भएको, वित्तिय लगायतका व्यवस्थापन आफै गर्न सक्ने देखि उत्कृष्ट प्राज्ञिक केन्द्रको रुपमा हुने सामाजिक विकास मन्त्री दुलालले जाकारी दिए ।

प्रतिबेदन बुझेपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको गौरबको योजना भित्र पारेर विश्वविद्यालयको अवधारणालाई कार्यान्वयन गर्न यो प्रतिवेदन बनेसँगै अव विधेयकको माध्यमबाट सञ्चालन गरिने बताए ।

संविधानले प्रदेश विश्वविद्यालयम सञ्चालन गर्ने अधिकार दिए सँगै नेपालमा नयाँ हुने यस प्रादेशिक विश्वविद्यालयको साँच्चै नै रिसर्च सेन्टर र प्राज्ञिक संस्थाको रुपमा विकास हुनेछ भन्दै मुख्यमन्त्री पौडेलले उपयोगी छ यसलाई विधिवत रुपमा विधेयक बनाएर सन्चालनको लागि अघि बढ्ने बताए ।

कार्यदलमा सामाजिक बिकाश मन्त्री युबराज दुलान संयोजक र सचिवका रुपमा मन्त्रालयका दिपेन्द्र सुवेदी रहेका छन् । साथै सदस्यहरुमा प्रा.डा. युबराज संग्रौला, प्रा.डा. रमेश प्रसाद भट्टराई, प्रा.डा. हरिकृष्ण श्रेष्ठ, प्रा.डा. अञ्जना सिंह र प्रा. इन्जिनियर जगत कुमार श्रेष्ठ सदस्य रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु