पल्सर स्पाेर्ट्स अवार्ड : रोहित पौडेल बने वर्ष उत्कृष्ट पुरूष खेलाडी
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष उत्कृष्ट पुरूष खेलाडीको अवार्ड जितेका छन्।
उनले मनोनयनमा परेका फुटबलका अनन्त तामाङ, क्रिकेटका दीपेन्द्रसिंह ऐरी, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई पछि पारे। नेपाली क्रिकेटले २०८० सालमा प्राप्त गरेका ऐतिहासिक सफलता दिलाउने नेतृत्व गरेका कप्तान रोहित वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।
रोहितको कप्तानीमा नेपालले १० वर्षपछि टी २० विश्वकपमा खेलेको थियो । उनको नेतृत्वमा नेपालले वर्ष २०८० मा पहिलो पटक एसिया कप खेल्नुका साथै एसिसी प्रिमियर कपको उपाधि पनि जित्यो।
रोहित टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा २५ खेलमा सर्वाधिक ६ सय ८० रन बनाउन सफल रहे। जसमा ५ वटा अर्धशतक छन्। यस्तै उनले ४ विकेट पनि लिए।