विप्लव समूहका जिल्ला इञ्चार्ज जेल चलान

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले गरेको नेपाल वन्दकै दिन उक्त पार्टीका मकवानपुर जिल्ला इञ्जार्ज विर बहादुर घलान ज्वाला भिमफेदी कारागर चलान भएका छन । जिल्ला अदालत मकवानपुरले माग गरेको २५ हजार धरौटी जम्मा गर्न नसके पछि ज्वालालाई भिमफेदी चलान गरिएको हो ।
जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको इजलासले आज सोमबार २५ हजार रुपैयाँ धरौटी लिई ज्वालालाई तारेखमा छाड्न आदेश दिएको थियो तर ज्वालाले अदालतको ताेके बमाेजिम धरौटी जम्मा गर्न नसकेपछि अदालतले उनलाई भीमफेदी कारागार पठाएको हो।