लगानी बोर्डको सीईओमा ज्ञवाली नियुक्त

निरन्तर न्यूज
२८ भाद्र २०८१, शुक्रबार ०८:२७

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो ।

एक मन्त्रीका अनुसार सिईओ पदका लागि आवेदन दिएकामध्ये ज्ञवाली नियुक्त भएका हुन् । निवेदन दिनेहरूमध्येबाट ज्ञवालीसहित भीष्मराज ढुंगाना, रघुराज काफ्ले, विष्णुप्रसाद भट्टराई र रामदेव यादवको नाम सर्ट लिस्टमा निस्केको थियो ।

गत साउन २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो ।

सरकारले यसपटक सीईओ सिफारिससम्बन्धी कार्यविधि २०८१ बनाएरै नियुक्ति प्रक्रिया अघि बढाएको थियो । मन्त्रिपरिषद्को साउन २२ गतेको बैठकले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल संयोजक रहने गरी सिफारिस समिति गठन गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*