रास्वपाका पूर्वसांसद ढाकाकुमार पक्राउ

निरन्तर न्यूज
२८ भाद्र २०८१, शुक्रबार ०८:१३

काठमाडौं । पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा उनी बिहीबार पक्राउ परेका हुन् ।

पोखरा महानगरपालिका ९ पृथ्वीचोकस्थित दिया फार्मेसीका सञ्चालकसमेत रहेका ४८ वर्षीय उनी पक्राउ परेका हुन् ।

यसअघि गत साउन ३ गते पोखरा २ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बयान दिएका थिए ।

त्यसको आधारमा जिल्ला अदालतबाट अनुमति लिइ फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले बताए ।

श्रेष्ठ यसअघि रास्वपाबाट समानुपातिक सांसद थिए । पछि आर्थिक लेनदेनको विवादमा परेपछि पार्टीले उनलाई निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु