रहेनन् भारतीय कम्युनिस्ट पार्टीका महासचिव येचुरी
काठमाडौं । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।
छातीमा संक्रमण भएपछि उनलाई भदौ १९ गते अस्पताल भर्ना गरिएको थियो। उनको निधन भारतीय समयअनुसार, दिउँसो ३।०५ बजे निधन भएको सञ्चार माध्यमहरूले जनाएका छन् ।
उनी करिब दुई सातादेखि दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा श्वासप्रश्वास नलीको संक्रमणको उपचार गराइरहेका थिए।येचुरी अगस्ट २९ सम्म सामाजिक सञ्जालमा सक्रिय थिए।येचुरी सन् १९९२ देखि सीपीएमको पोलिटब्यूरोको सदस्य थिए।
यसअघि, उनी सन् २००५ देखि २०१७ सम्म पश्चिम बंगालबाट राज्यसभाको सांसद थिए।जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्षसमेत बनेका येचुरी नरम लोकतन्त्रवादी कम्युनिस्ट मानिन्थे । उनी नेपाल निकट नेता मानिन्थे ।