समाजवादी पार्टीले कलाकार करिष्मालाई पत्याएन

निरन्तर न्यूज
१३ जेष्ठ २०७६, सोमबार २१:५५

काठमाडौं । वैकल्पिक राजनीतिको बाटोबाट राजनीति कक्षामा करीब ४ वर्ष अघिबाट भर्ना भएकी नायिका करिष्मा मानन्धरले नयाँ शक्ति पार्टी छाडेकी छिन् ।

उनी आवद्ध नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिलेर समाजवादी पार्टी, नेपाल बनेपछि उनले यस्तो निर्णय गरेकी हुन् । १ वर्ष भन्दा अघिबाटै पार्टीमा निस्क्रीय रहेकी करिष्मा पढाइ लगायतका कारण देखाएर पार्टीका कार्यक्रम र बैठकमा पनि उपस्थित नहुने पार्टी निकट श्रोतले बतायाे।

दुई पार्टी एकीकरण भएर समाजवादी पार्टी बनेपछि आयोजित संयुक्त केन्द्रीय समितिको बैठकसम्म उपस्थित रहेको मानन्धरले समाजवादी पार्टीमा पदाधिकारीको आशा गरेकी थिइन् । समाजवादी पार्टीको पदाधिकारीमा करिष्माको नाम नपर्ने भएपछि थप असन्तुष्ट बनेकी उनले फेसबुक पेजमा पार्टीबाट अलग भएको बताएकी छिन् ।

करिष्मा नयाँ शक्ति पार्टीमा आवद्ध भए पश्चात कुनै पनि कलाकारलाई पार्टीमा समेट्न नसकेकाेमा  पार्टीभित्र उनको चर्काे आलाेचना हुने गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

उनले फेसबुकमा लेखेकी छिन्,

राजनीति रहरले गरिने होइन, यो हाम्रो जीवनको हरेक पक्षसँग जोडिएको छ । कोही प्रत्यक्ष आवद्ध हुन्छन् भने कोही अप्रत्यक्ष । यति मात्रै फरक हो ।’ ‘अनि मैले पार्टी छोड्ने निर्णय लिएको हुँ, राजनीति होइन ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*