शेयर बजारमा भारी गिरावट

निरन्तर न्यूज
१९ भाद्र २०८१, बुधबार १६:३०

काठमाडौं । बुधबार सेयर बजार ह्वात्तै घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ९०.७३ अंक घटेको छ । नेप्से आज २७३९ अंकमा कायम भएको छ । नेप्से घट्दा कारोबार रकम पनि केही काम भएको छ ।

अघिल्लो दिन १३ अर्ब ५७ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९२ करोडको भयो । ३१ कम्पनीको मूल्य बढ्दा २१३ को घट्यो भने एकको स्थिर रह्यो ।

सबै क्षेत्रका सूचक घटेका छन् । बैंकिङ ३.१, विकास बैंक २.२, फाइनान्स ५.१, होटल तथा पर्यटन ४.४, हाइड्रोपावर ३.५, लगानी ३.५, जीवन बीमा ३.७, उत्पादन २.५, माइक्रोफाइनान्स १.३, निर्जीवन बीमा २.७, अन्य ३.७ र व्यापार समूह २.६ प्रतिशत घटे ।

बजार घट्दा पनि ५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार एक्सेल डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो।

यी कम्पनीका लगानीकर्ताले क्रमशः ६०.४०, १९४.३०, १२२ र २८१.२० रुपैयाँ प्रतिसेयर आम्दानी गरे। आज एक कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। कुमारी इक्विटी फन्डको सेयर १० प्रतिशतले घटेको हो।

कारोबारतर्फ आज नेपाल फाइनान्सको साढे ३० करोड, एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड, हिमालयन रिइन्स्योरेन्सको २९ करोड, एनएलजी इन्स्योरेन्सको २८ करोड र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको २८ करोडको कारोबार भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*