मकवानपुरको राक्सिराङमा दुई दिन बिदा

निरन्तर न्यूज
१९ भाद्र २०८१, बुधबार १६:२४

हेटौंडा । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा शुक्रवार र शनिबार दुई दिन सार्वजनिक विदा दिइएको छ । चेपाङ जातिको न्वागी पर्वको अवसरमा भदौ २१ र २२ गते शुक्रवार र शनिबार सार्वजनिक विदा दिइएको हो।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लले मंगलबार एक सुचना जारी गर्दै चेपाङ जातिको बाहुल्य रहेको गाउँपालिकामा छोनाम न्वागीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख गरेका छन्। चेपाङहरुको बाहुल्यता रहेको गाउँपालिकाले प्रत्येक वर्ष न्वागी मनाउन बिदा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु