आँखाभित्र गाजल लगाउनु हुन्छ ? सावधान !

निरन्तर न्यूज
१० भाद्र २०८१, सोमबार ०८:०१

नयाँदिल्ली- भारतका प्रख्या अप्थाल्मोलोजिस्ट डा. अश्‍विन अग्रवाल हालै एक पडकास्टमा आँखाको स्वास्थ्यबारे कुरा गर्दै थिए। उनीसँग कुरा गर्दै थिए, भारतीय मुलका अमेरिकी चिकित्सक डा. पल मनिक्कम।

डा. मनिक्कमले जब गाजलका बारेमा प्रश्‍न गरे, डा. अग्रवालले गाजल आँखाबाहिर र आईलिडमाथि लगाउँदा कुनै समस्या नआउने जवाफ दिए। तर, महिलाहरू गाजल आँखाबाहिर मात्र होइन, भित्र पनि लगाउँछन्। भित्री लेयरमा गाजल लगाउँदा भने आँखामा मिबोमिअन ग्ल्यान्ड डिसफंक्सनको समस्या निम्त्याउन सक्छ भन्‍ने धेरैलाई जानकारी छैन।

आँखाको भित्री भागमा गाजल लगाउँदा त्यसले ग्ल्यान्ड पोर्सको माग अवरुद्ध बनाइदिन्छ। ती ग्ल्यान्डले सिक्रेसन गराइरहेका हुन्छन्। तर, मार्ग नै ब्लक भएपछि सिक्रेसन बाहिर निस्किन पाउँदैन। र, आँखामा इन्फेक्सनको खतरा बढाउँछ। त्यसपछि आँखाभित्र जमेका पसलाई निकाल्न सर्जिकल प्रोसेस नै अगाडि बढाउनुपर्छ।

आँखाभित्र गाजल लगाउनुको नोक्सानी

– आँखा सुक्खा हुने
– स्टाइको जोखिम हुने
– आँखामा जलन या चिलाउने
– आँखाका डिल सुन्‍निने
– आँखामा इन्फेक्सन
– आँखा रातो हुने
– मिबोमिअन ग्ल्यान्ड डिसफंक्सनको खतरा
– कर्नियल अल्सरको जोखिम

गाजल किन्दा अपनाऊँ यी सावधानी

– सधै प्रतिष्‍ठित ब्रान्डकै गाजलको प्रयोग गरौं
– गाजलको इन्ग्रेडिएन्ट्स र एक्सपाइरी डेट हेर्न नभुलौं
– गाजल खरिद गर्नुअघि टेस्टरबाट जाँच गरौं
– प्राकृतिक तेलवाला पेन्सिल गाजल नै प्रयोग गरौं
– घरमा बत्ति जलेको अँगारबाट बनेको गाजल कहिल्यै नलगाऊँ
– गाजल सधैं आँखाको बाहिरी भागमै लगाऊँ। भित्री भागमा कहिल्यै नलगाऊँ।

भास्कर डट कमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*