गायिका सुस्मिता स्याङ्तान र कुन्साङ दोर्जेको आवाजमा इन्टरनेटरी ह्रुप ताजी

निरन्तर न्यूज
९ भाद्र २०८१, आईतवार ०८:४२

काठमाडौं- गायिका सुस्मिता स्याङ्तान र गायक कुन्साङ दोर्जे लोप्चनको आवाजमा इन्टरनेटरी ह्रुप ताजीु बोलको गीत बजारमा आएको छ । गायिका सुस्मिता स्याङ्तानको आफ्नै युटुब च्यानल सुस्मिता स्याङ्तान अफिसियलमार्फत उक्त गीत बजारमा ल्याएको हो । गायिका सुस्मिता स्याङ्तान चिरपरिचित गायिका हुन ।

गायिका स्याङ्तानले बिदेशी भुमिमा रहेका युवा र स्वदेशमा रहेका युवतीबिच भएको प्रेमिल कुरालाई गीतमा समावेश गरिएको बताइन । उनले दर्शक एंव स्रोताले गीत मन पराउनेमा आफु विश्वास्त रहेको बताइन ।

गीतमा धीरज गोलेको शब्द, जोगलाल लामाको संगीत संयोजन रहेको छ भने उनै गायक कुन्साङ दोर्जे लोप्चनको संगीत रहेको गीतलाई मनोज डंगोलले मिक्सिङ गरेका हुन । स्टुडियो २१ मा रेकर्डिङ गरिएको गीतलाई श्याम बहादुर थिङले निर्माण गरेका हुन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*