सेवालाई प्रविधिमैत्री बनाउँदै बागमती प्रदेशकाे उद्योग मन्त्रालय

निरन्तर न्यूज
५ भाद्र २०८१, बुधबार २१:४४

हेटौंडा । वागमती प्रदेशकी उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयको पहिलो वार्षिकोत्सवको अवसरमा मन्त्री सुकमाया तामाङबाट मन्त्रालयका सम्पूर्ण सेवाहरु प्रविधिमैत्री बनाउँदै लैजाने कार्यको सुरुवात मन्त्रालयको सेवासम्बन्धि जानकारीमूलक डिजिटल डिस्प्ले उद्घाटन गरेकी छन् । गत वर्षदेखि हालसम्मको वार्षिक प्रतिविम्बनहितको बुलेटिनको पनि सोही अवसरमा उनले अनावरण गरिन् ।

कार्यक्रममा उनले मन्त्रालयको कार्य जिम्मेवारीअनुरुप सम्पादन गर्नुपर्ने कार्यहरुलाई आर्थिक अनुशासन कायम गर्दै सर्वसाधारणले पाउनुपर्ने सेवासुबिधा छिटो, छरितो एवम् प्रभावकारी र कुशलतापूर्वक सञ्चालन गर्न उत्साहजनक सहभागिता र सहयोगका लागि उनले कर्मचारीको प्रशंसा गरिन् ।

व्यापार र उद्योगको क्षेत्रमा, व्यापार सम्बन्धिनीति, कार्यक्रम, कानुन, मापदण्ड, योजना तर्जुमा र कार्यान्वयनका लागि प्रचलित ऐननियमको परिधिमा रही मन्त्रालय र अन्तर्गत् कार्यालयहरुमा कार्यरत् जनशक्तिबाट संरचनागत् आधारमा विकास र वातावरणीय सन्तुलन कायम राखी प्रविधिमैत्री प्रदेश निर्माण गर्न उत्पादन र उत्पादकत्व बढाउन साना, मझौला, घरेलु, र लघु उद्योग स्थापना गर्न उद्यमीलाई उत्साहित गर्दै उद्यमशीलताबाट स्वरोजगार तथा रोजगारी सिर्जना गर्नेमा उनको विश्वास छ ।

उद्यमीहरुको क्षमता अभिवृद्धि गर्न उद्यम तालिम, उद्योग प्रवद्र्धनार्थ औद्योगिक बस्तुको निर्यात र औद्योगिक प्रदर्शनीहरु, उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने जस्ता कार्यक्रम सफलतापूर्वक अघि बढिरहेका छन्,’ उनले खनिज र भौगोलिक अध्ययन, खानी र खनिज पदार्थको अन्वेषण र व्यवस्थापनमा प्रादेशिक नीति, कानुन र मापदण्ड तर्जुमा र कार्यान्वयनमा सुरु गरेका कार्यहरुले सकारात्मक दिशा लिएको दाबी गरिन् ।

भौगोलिक अध्ययन, नक्सा व्यवस्थापन र भौगोलिक सूचना प्रणालीको समन्वयले मन्त्रालयका कामहरुलाई अझ प्रभावकारी बनाउने आशा गरेकी उनले उपभोक्ता संरक्षणका क्षेत्रमा पनि मूल्य र कालोबजारी नियन्त्रण, उपभोक्ता हकअधिकार संरक्षण, स्वदेशी उत्पादनमैत्री कार्यालय र उपभोक्ता अदालत गठन जस्ता पहलहरुलाई प्राथमिकता दिइएको बताइन् । ॅयी प्रयासहरुले उपभोक्ताको सन्तुष्टि र सुरक्षा सुनिश्चित गर्न हामी सफल हुनेछौं भन्ने विश्वास छ,’ उनले भनिन् ।

भूमि व्यवस्थापन क्षेत्रमा, भूमि प्रशासन, नापजा“च, भूमिसुधार, नदीउकास जमिन संरक्षण गरी व्यावसायिक प्रयोजनार्थ भूमिको निर्माण गर्नेर भूउपयोग नीति तथा मापदण्ड तर्जुमा र कार्यान्वयनलाई तीव्ररुपमा कार्यहरू अघि बढाएको जानकारी दिएकी उनले भूमि अभिलेख व्यवस्थापन, जग्गादर्ता, र स्वामित्व हस्तान्तरण प्रक्रियामा सुधार ल्याउने प्रयासलाई कर्मचारीको सक्रियता र सहयोगले सफल बनाएको बताइन् । ॅभूमिहीन वर्गको बसोबास र पुनस्र्थापनाका कार्यक्रममा पनि हामीले ठोस कदम उठाउन सफल भएका छौं,’ उनको कथन छ ।

पुस्तिकाले विगतका वर्षहरुका कार्यहरुको अभिलेखिकरण गर्नुका साथै मन्त्रालयका सबल पक्षलाई बढाउ“दै कमीकमजोरी सुधार गरी आगामी दिनहरुमा अझ परिणाममुखी बनाइने उद्योग गरौं, उद्यमी बनौ र समृद्ध नेपाल बनाऔं’ भन्ने मूल नारालाई मूर्तरुप दिलाउन सकिने आशा उनले लिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*