सरकारी सूचना र राजपत्र नेपाली भाषामा प्रकाशन गर्ने सिक्किम सरकारको निर्णय

निरन्तर न्यूज
५ भाद्र २०८१, बुधबार २१:२१

काठमाडौं । भारतको सिक्किम राज्यले अबदेखि सरकारी सूचना र राजपत्र नेपाली भाषामा पनि प्रकाशन गर्ने भएको छ ।

नेपाली भाषा भारतको संविधानमा सूचीकृत गरेको उल्लेख गर्दै अनिवार्य गर्ने निर्णय गरिएको मुख्यमन्त्री प्रेमसिंह तामाङ-गोलेले जानकारी दिए ।

राज्य सरकारको गृह मन्त्रालयले आज जारी गरेको सूचनामा भनिएको छ, ‘राज्य सरकारले अबउसो, सबै आधिकारिक अधिसूचनाहरु, राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ ।’

सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४(१)ले नेपाली भाषालाई आठौँ अनुसुचीमा राखेको दिनलाई नेपाली भाषा मान्यता दिवसको रुपमा भारतका नेपाली भाषी नागरिकहरुले मनाउँदै गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*