करेन्ट लाग्दा २ जनाको मृत्यु

हेटौँडा । उत्तरी मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ कोगटेमा ट्रकले हाइटेन्सन लाईनमा छुँदा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
कोगटेमा वागमती हाइड्रोपावरका लागि ट्रकमा विद्युती प्रशारण गर्न आवश्यक सामान बोकेर आयोजनास्थल तर्फ गैरहेकाे ना ४ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सनलाईनमा छुँदा ट्रकमा २ जनाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवनापुरले जनाएको छ । करेन्ट लागेर २ जना घाइते भएका छन । घाइतेलाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सिन्धुली ३ पाटन गाउँपालिका आमबोटे बस्ने बर्ष २८ को बिर बहादुर मगर (चालक) र नुवाकोट बेलकोटगढी मजुवा बस्ने बर्ष ३५ को विशाल तामाङ रहेका छन् ।
घाइते हुनेमा सिन्धुली ३ पाटन गाउँपालिका ९ आमबोटे बस्ने गोपाल रामुली हुन । अर्को एक जनाको पहिचान खुल्न बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
तश्विर गुगल