व्यवसाय बन्द गरेर हेटाैँडाका व्यवसायीले उपमहानगरलाई बुझाए साँचाे

हेटौँडा । विभिन्न चरणमा आन्दालन गरिरहेका हेटाैँडाका व्यवसाइले हेटौँडा उपमहानगरपालिकाकाे प्रमुख र उपप्रमुखलाई साँचाे बुझाएका छन् ।
उपमहानगरले राजश्वकाे दर बृद्धि गरेकाेमा बिराेध गरिरहेका व्यवसायीले हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा र उपप्रमुख राजेश बानियाँलाई सांकेतिक रुपमा नमूना साँचो बुझाएका हुन् ।
यससँगै हेटाैँडाका व्यवसायीले गत सोमबारदेखि सुरु गरेको पहिलो चरणको आन्दोलन साँचाे बुझाएसँगै समापन भएको जनाएको छ ।
चरम आर्थिक मन्दी र व्यवसाय चौतर्फी मारमा परेका बेला उपमहानगरपालिकाले राजश्व वृद्धि गरेको भन्दै व्यवसायीले आन्दोलन गरिरहेका थिए । केही दिन अघि बहुमत नगरसभा सदस्यले विशेष नगरसभाको माग गर्दै उपमहानगरपालिकामा पत्रकार सम्मेलन समेत गरेका थिए ।
यसैबीच आज शुक्रबार अपरान्ह ४ बजे व्यवसायी र उपमहानगरपालिकाबीच वार्ता हुने बताइएकाे छ ।