विप्लवका नेता, भ्रष्टाचारीदेखि ल्हार क्यालसम्मलाई सरकारको सम्मान, बैद्य परेनन्

काठमाडौं । सरकार आफैंले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू, भ्रष्टाचारी देखि ल्हार क्यालसम्मलाइ सम्मान गर्ने भएके छ । गृह मन्त्रालयद्वारा जारी सूचनाअनुसार गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा संविधानसभाका १ हजार १ सय ९ सदस्यहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।
मन्त्रालयले संविधान सभा पदक प्राप्त गर्ने माननीय सदस्यहरूको नामावली रहेको २६ पृष्ठ लामो सूचिमा १ हजार १ सय ९ जनाको सूचिमा विप्लब नेतृत्वको नेताहरू खड्ग बहादुर विश्वकर्मा, सन्तोष बुढामगर र उमा भुजेललाइ पनि संविधानसभा पदकबाट सम्मान गर्न लागेको हो । संविधान सभामा विश्वकर्मा कालिकोट र बुढामगर रोल्पाबाट प्रत्यक्ष निर्र्वािचत हुन् भने भुजेल गोरखाबाट समानुपातिक तर्फका सदस्य हुन् ।
राष्ट्रपति, प्रधानमन्त्री, सभामुखदेखि बहालवाला मन्त्री, मुख्य मन्त्री, पूर्व मन्त्रीदेखि सर्वोच्च अदालतका बहालवाला न्यायाधीश समेत गरी ४६ जनालाइ वरियताअनुसार राखिएका छन् । त्यसपछिका नामहरू भने वर्णानुक्रममा छन् ।
मकवानपुरका ४ जना संविधान सभाका सदस्यहरुले पनि संविधानसभा पदक पाउने भएका छन् । नेकपाका कुमारी मोक्तान (१९२), प्रल्हाद लामिछाने (५६४) र प्रेम बहादुर पुलामी (५७१) तथा मोहन वैद्यको पार्टीमा आवद्ध दिलबहादुर घिसिङ (४१६) रहेका छन् ।
गायत्री साह, विश्वनाथप्रसाद (बिपी) यादव, जयप्रकाशप्रसाद गुप्ता, सञ्जयकुमार साहलाइ भने विभिन्न काण्डमा मुछिएकोले नाम उल्लेख गरिएको छैन । जयप्रकाश मन्त्रीहुँदा भ्रष्टाचारी ठहर भएर जेल चलान भएका थिए । संजय साहलाइ जनकपुर बम काण्डमा दोषी ठहर गरि जन्मकैदको सजाय सुनाएकने थियो ।
त्यस्तै भ्रष्टाचारमा मुछिएका पूर्वमन्त्रीहरू बद्रीप्रसाद न्यौपाने र मन्त्री टेकबहादुर गुरुङ्गलाई पनि विभूषण गर्न लागिएको छ । न्यौपाने र गुरुङ दुवैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
त्यस्तै पटक पटक विवादीत बनेका ल्हारक्याल लामालाइ समेत पदक दिन लागिएको छ । लामा उनको नामको बैंकको लकरमा १४ थान गोली भेटिएपछि पक्राउ परेका थिए र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामालाई अकुत सम्पत्तिमा समेत मुद्दा चलाएको थियो ।
मोहन वैद्यको नाम पनि विभूषित हुनेको सूचीमा छैन संविधानसभामा समानुपातिक सदस्य रहेका उनले संविधानसभाको कार्यकाल नसकिदै पदबाट राजिनामा दिएका थिए । उनको स्थानमा दाङका कुबेर ओलीलाई सभासद नियुक्त गरिएको थियो र ओलीको नाम सूचिमा उल्लेख छ ।
सूचि सहित