घट्यो सेयर बजार, साढे २१ अर्बको कारोबार

निरन्तर न्यूज
२९ श्रावण २०८१, मंगलवार २०:४२

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । सोमवारको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ ।

आज २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।

आज बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे । विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटे ।

मातृभूमि लघुवित्त, पिपुल्स पावर, दोल्ती पावर, गुडविल फाइनान्स, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ९.७, शुभम् पावरको ९।६ तथा प्रोग्रेसिभ फाइनान्सको मूल्य ७.७ प्रतिशत बढ्यो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*