१८ जिल्लाका एस पी फेरिए, मकवानपुरमा सिंह यथावत

काठमाण्डौँ । नेपाल प्रहरीले ४५ जना प्रहरी उपिरक्षक (एसपी) को सरुवा गरेको छ । जसमध्ये १८ जिल्लाका प्रहरी उपरिक्षक फेरिएका छन् । तर मकवानपुरमा कमाण्ड सम्हालिरहेका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहलाई भने प्रहरी प्रधान कार्यालयले चलाएको छैन ।
शान्ति सुरक्षा कायम गरि जनतालाई सुरक्षाको प्रत्याभुत गराउन तल्लिन रहेका मकवानपुरका प्रहरी प्रमुख सिंहलाई उनको कामको मुल्यांकनको आधारमा यथावत राखिएको बुझिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय मानव श्रोत एवम् प्रशासन विभागले जेठ १२ गतेको निर्णय अनुसार निकालेको सरुवा सूचिअनुसार छिमेकी जिल्ला पर्सामा सोमेन्द्रसिंह राठौर र चितवनमा दानबहादुर मल्लको सरुवा भएको छ । त्यस्तै कास्कीमा दानबहादुर कार्की, मोरङमा विश्व अधिकारीऽ भक्तपुरमा सविन प्रधान तथा काभ्रेमा जयराज सापकोटाको सरुवा भएको छ ।
इलाममा हिराबहादुर पाण्डे, सुनसरीमा यज्ञ बिनोद पोखरेल, धनकुटामा सुदर्शन कोइराला, सिरहामा उमाप्रसाद चतुर्वेदी, उदयपुरमा वीरबहादुर बुढामगर, सप्तरीमा मनोज कुमार यादब, नवलपरासीमा मोहन पोख्रेल, नवलपरासी (पश्चिम)मा लालमणि आचार्य, पाल्पामा श्यामकृष्ण अधिकारी, बर्दियामा राजेश बाँस्तोला, कैलालीमा सुदीप गिरीको सरुवा भएको सूचिमा उल्लेख गरिएको छ ।
सूचि सहित