बुद्धचाेकमा बम, चौकिटाेलमा ट्रकमा आगजनी

निरन्तर न्यूज
१३ जेष्ठ २०७६, सोमबार ०६:१८

हेटौंडा । विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहान १ बजेको समयमा हेटौंडाको बुद्धचोक नजिक प्रेसरकुकर बम राखेको थाहा पाएर प्रहरीले नेपाली सेनालाई खबर गरी  बिहान ५ बजेतिर नै बम डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।  नेपाली सेनाको टोलीले प्रेशसरकुकर बम डिस्पोज गर्दा ठुलो आवाज आएको विहानीपख हिडिरहेका सर्वसाधारणले बताए  ।

बिप्लपको बन्दका क्रममा हेटौंडा बजार पुरै सुनसान छ । हाल कुनैपनि साना ठुला सवारीका साधन चलेकाे देखिएको छैन साथै बजार समेत  बन्द रहेको छ ।

विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा आज बिहानै हेटौंडाको चौकिटोलमा एउटा गाडीमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ सडकखण्डको चौकिटोलमा ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । आगजनीका कारण ट्रकका धेरै जसाे भाग  जलेको प्रहरीले जनाएको छ ।

तश्विर : गुगल

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु