नोबेल पुरस्कार विजेता डा. युनुस चुनिए बंगलादेशको अन्तरिम सरकार प्रमुख

निरन्तर न्यूज
२३ श्रावण २०८१, बुधबार १३:१९

काठमाडौं । नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा नियुक्त भएका छन् ।

प्रदर्शनकारीको चाहना बमोजिम युनुसलाई सरकार प्रमुख बनाइएको हो ।

राष्ट्रपति भवनमा भएको एक बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुख चुनेको निर्णय गरेको हो ।

राष्ट्रपतिसँगको बैठकमा आरक्षण आन्दोलनको नेतृत्व गरेका विद्यार्थीका प्रतिनिधि र सेनाका प्रमुखको सहभागिता थियो । गरिबी विरुद्ध लडेका कारण युनुसलाई नोबेल शान्ति पुरस्कार प्राप्त भएको थियो ।

हसिनाविरुद्ध ‘हसिन क्रान्ति’ : एक शब्दचित्र
‘गरिबहरुको बैंक’बाट चिनिएका युनुसलाई आन्दोलनकर्ता विद्यार्थीहरुले अन्तरिम सरकारको प्रमुखको रुपमा प्रस्ताव गरेका थिए ।

यद्यपी उनी अहिले उपचारका लागि फ्रान्समा छन् । सरकार प्रमुखमा चुनिएपछि उनी स्वदेश फर्किने तयारीमा रहेको ढाका ट्रिब्यूनले जनाएको छ ।

उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी मानिन्छन् । कुनै बेला युनुसले पार्टी खोल्ने तयारी समेत गरेका थिए ।

सोही कारण पनि हसिना युनुसप्रति आक्रामक हुने गर्थिन् ।

गत जनवरीमा युनुसलाई श्रम कानुन उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय समेत सुनाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*