कुकर बम पड्काउन खोज्ने ७ पक्राऊ

काठमाण्डौँ । सशस्त्र प्रहरी बलले कुकुर बम बनाएर शहरका विभिन्न भागमा पड्काउने तयारी गरिरहेका ७ जनालाई पक्राऊ गरेको छ ।
उपत्यकाका विभिन्न स्थानबाट नेेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्तालाई हात हतियार तथा विस्फोटक पदार्थसहित ७ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बलले जनाएको ।
पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका घर भएका आशिष भनिने डम्बरबहादुर तामाङ, सल्यान बाघ भैरब घर भएका भक्तपुरको विद्यार्थी जिल्ला अध्यक्ष चित्र कमल ओली, भक्तपुर ठिमीका नेवा मोर्चाका केन्द्रीय सदस्य राकेश श्रेष्ठ, ओखलढुंगा चण्डेश्वरीका बुद्धिबहादुर सुनुवार, त्रिवेणी ५ रोल्पा घर भएका भक्तपुर जिल्ला सेक्रेटरी बुद्धिलाल पुन, मेचीनगर ३ झापा घर भएका तेजराज काफ्ले, रामेछाप खाँडदेवी २ घर भएका तेजबहादुर मोक्तान रहेको सशस्त्र प्रहरी बल श्रोतले जनाएको छ ।
तश्विर गुगल