बंगलादेशमा रहेका ४ सय विद्यार्थी सुरक्षित : नेपाली राजदुताबास ढाका (सूचनासहित)
काठामाडौं । ढाकास्थित नेपाली राजदूतावासले बंगलादेशमा रहेका करिब ४ सय विद्यार्थी सुरक्षित रहेको जनाएको छ ।
जनाएको छ।
सोमबार एक विज्ञप्ति निकालेर दूतावासले उनीहरू सबै दूतावाससँगको समन्वयमा रहेको जानकारी गराइएको छ। बंगलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किसकेको पनि दूताबासले जनाएको छ ।
‘बङ्गलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थीहरु नेपाल फर्किसकेको र हाल बाँकी रहेका करिब ४०० विद्यार्थीहरूसहित सम्पूर्ण नेपालीहरु सुरक्षित रहनुभएको र उहाँहरुसँग यस राजदूतावास निरन्तर सम्पर्कमा रहेको छ,’ दूतावासले भनेको छ।
विद्यार्थीको आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रर्दशन भइरहेको, बङ्गलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको लगायतका जानकारी गराउँदै दूतावासले नेपालीहरुलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ।
नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा समस्यामा परेका नेपालीले दूतावासका द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्रीमार्फत सम्पर्कमा आउन आग्रह गरेको छ।