बंगलादेशमा अन्तरिम सरकार बनाउने सेनाप्रमुखको घोषणा

निरन्तर न्यूज
२१ श्रावण २०८१, सोमबार १६:०७

काठमाडौं । बंगलादेशका सेना प्रमुखले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । बंगलादेशको वर्तमान राजनीतिक संकट झनै गहिरिएको छ ।

लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।

सबै दललाई बोलाएको भन्दै उनले भने, ‘हामी अन्तरिम सरकार बनाउने छौँ । यसले बंगलादेशका लागि काम गर्नेछ । ’

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवनमा प्रदर्शनकारीहरूले लुटपाट गरेका छन् । प्रदर्शनकारीले कार्यालय घेरेपछि प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत आएकी छिन् ।

बंगलादशी सेनाका प्रमुख वाकर अजमानकाे पत्रकार सम्मेलन

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*