प्रदर्शनकारीहरुले गरे बंगलादेशी प्रधानमन्त्रीको सरकारी आवासमा लुटपाट
काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास भवनमा प्रदर्शनकारीहरूले लुटपाट गरेका छन् ।
टेलिभिजन ‘च्यानल २४’ मा प्रसारित फुटेजमा केही प्रदर्शनकारीहरूले प्रधानमन्त्री सरकारी निवास गण भवनबाट कुर्सीहरू र सोफा जस्तो देखिने सामाग्री बोकेर लगिरहेको देखिन्छ ।
प्रधानमन्त्री हसिना भने बहिनी शेख रिहानासँग देश छाडेर हेलिकोप्टरमार्फत भारत पुगेकी छन् । देश छाड्नुअघि उनले पदबाट राजीनामा दिएकी छन् ।