देश छाडे लगत्तै बंगलादेशकी प्रधानमन्त्री हसिनाले दिइन् प्रधानमन्त्रीबाट राजीनामा
काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडे लगत्तै राजीनामा दिएकी छन् ।
उनले आफ्नी बहिनी शेख रिहानासँगै देश छाडेको बंगला ट्रिब्युनले जनाएको छ ।
बंगलादेशका आर्मी प्रमुख जनरल वाकर उज–जमानले राष्ट्रको नाममा स्थानीय समयअनसार साढे ४ बजे सम्बोधन गर्दैछन् ।
हसिनालाई प्रधानमन्त्रीबाट पदमुक्त गर्ने मागसहित विद्यार्थी नेताहरुले नागरिक अवज्ञा अभियान चलाइरहेका थिए ।
आन्दोलनकारी अहिले प्रधानमन्त्रीको कार्यालयमा छिरेका छन् । हसिना सुरुमा प्रधानमन्त्रीको कार्यालयबाट सुरक्षित स्थानमा सरेकी थिइन् ।
प्रदर्शनकारीले कार्यालय घेरेपछि देश छाडेर हिँडेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारत आउँदैछिन् । देश छाडेलगत्तै राजीनामा दिएकी उनी शरणको लागि भारत आउन लागेकी हुन् ।
बिबिसी बंगलाको रिपोर्ट अनुसार हसिना भारतको अगरतला शहरतर्फ जाँदैछिन् । पदबाट राजीनामा दिएकी प्रधानमन्त्री हसिना आफ्नी बहिनीसँगै हेलिकोप्टरमा बांग्लादेशको राजधानी ढाकाबाट प्रस्थान गरेको रिपोर्टहरूले जनाएका छन् ।