कुलमानले गरिबलाई निशुल्क मिटर दिने

हेटौँडा । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरिव तथा विपन्न परिवारलाई निशुल्क विद्युतको मिटर वितरण गर्ने बताएका छन् । विपन्न र गरिविको नाउँमा विद्युतको मिटर समेत किन्न नसकेका सबैलाई विद्युतको मिटर दिएर उज्यालोको पहुँचमा ल्याउने बताए ।
घर अगाडिको बिजुलीको कनेक्सन र तार हेरेर बस्ने तर विजुलीको मिटर किन्न नसक्ने विपन्न परिवारलाई समेत प्राधिकरणले निशुल्क मिटरको ब्यवस्था गर्ने घिसिङले बताए ।
नेपाल बिधुत प्राधिकरणले बिधुतीय सवारीका साधन चार्ज गर्नका लागि देशका बिभीन्न स्थानमा चार्जिङ स्टेशन निर्माण गर्ने योजना अनुसार हेटौँडा आइपुगेका घिसिङले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल सँग भेट गर्ने क्रममा चार्जिङ स्टेशन निर्माण गरेर त्यसबाट राज्यलाइ राजश्व संकलन गर्न सकिने घिसिङले बताए।
तश्विर गुगल