आश्मा बनिन् मिस नेपाल वर्ल्ड २०२४

निरन्तर न्यूज
१९ श्रावण २०८१, शनिबार २०:२४

काठमाडौँ । आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज हात पारेकी छन् । शनिबार काठमाडौँमा आयोजित समारोहमा उनलाई विजेता घोषिणा गरिएको हो ।

यस्तै मिस नेपाल अर्थ सुमना केसी बनिन् । करुणा रावत मिस नेपाल इन्टरनेसनलको उपाधि जित्न सफल भइन् ।

यसैगरी श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र वुमन विथ विंग्सको विधामा कृति श्रेष्ठले उपाधी हात पारिन् । उनीहरु सबैले २५ हजार नगद पुरस्कार हात पारेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*