काभा महिला बिच भलिबलको उपाधि नेपालकाे कब्जामा

निरन्तर न्यूज
१९ श्रावण २०८१, शनिबार २०:१८

काठमाडौं । नेपालको महिला बिच भलिबल टोलीले भुटानमा भएको काभा बिच भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

भुटानको थिम्पुमा भएको फाइनलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान ए टिमलाई २–० को सेटमा हराउँदै उपाधि जितेको हो । नेपालले उज्वेकपस्तान ए लाई २१-१७, २१-१४ ले पराजित गरेको हो । नेपालले खेलेको सबै ५ खेलमा अपराजित रहँदै उपाधि जित्यो ।

समूह चरणमा तीनवटै खेल जितेको कमला पुन र मनिषा चौधरीको नेपाली जोडीले शनिबारै भएको सेमिफाइनलमा उज्वेकिस्तान बी टिमलाई २१-१३, २१-१२ ले हराएर फाइनल पुगेको थियो ।

दुई वर्षअघि बंगलादेशमा भएको एभिसी बिच भलिबलमा कमल पुन र कोपिला उप्रेतीको जोडीले रजत जितेको थियो ।यस्तै पुरुषतर्फ पनि नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै फाइनल खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु