सिलिन्डर ग्यास विस्फोटमा एक जनाको मृत्यू

काठमाडौं । सधै आवत जावत र छोटो बाटोको प्रयोग हुने अनामनगर-घट्टेकुलो सडकखण्डस्थित एक घरमा सिलिन्डर ग्यास विस्फोट हुँदा एकजनाको ज्यान गएको छ।
महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहका अनुसार विस्फोट भएको ठाउँमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पर्चा, पम्पलेट भेटिएको बताएका छन्। उक्त पर्चामा ‘नेपाल बन्द सफल पारौँ’लगायतका नारा लेखिएका छन् ।
अन्य विस्फोटक सामग्री हुनसक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगिसकेको छ। मृतकको शव क्षतविक्षत भएकाले चिन्न सक्ने अवस्थामा नरहेको मृतकको सनाखत हुन बाँकी रहेको एसपी सिंहले जानकारी दिए।
अनामनगर विस्फोटमा अर्को एकजना घाइते छन्। उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। घाइते रविन केसी ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका नेता हुन्। उनी त्रिचन्द्र कलेजका इकाइ सभापति हुन्। घटनाबारे थप अनुसन्धान भैरहेको एसपी सिंहले जानकारी दिए ।