एउटा टाेलमा आपसी विवादमा खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु, ६ घाइते

निरन्तर न्यूज
१७ श्रावण २०८१, बिहीबार ०७:५४

काठमाडौं । काठमाडौं महानगरपालिका–१७ पोडेटोलस्थित २ नम्बर गल्लीमा आपसी विवादमा झडप हुँदा एक जनाको ज्यान गएको छ।
घटनामा ६ जना घाइते भएका छन्। झडपमा खुकुरी प्रहारबाट ३३ वर्षीय अनित पुजारीको ज्यान गएको प्रहरीले जनाएको छ।
झडपमा परी वर्ष अन्दाजी ५४ को किरण पुजारी, वर्ष ४९ को दिनेश पुजारी, वर्ष ४२ को माया पुजारी, वर्ष ३९ को बिक्रम पुजारी र वर्ष २३ को अमृत पुजारी घाइते भएका छन्।

घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा सात जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी वर्ष १९ को सुजल देउला, वर्ष ३५ को अमृत पुजारी, वर्ष ३४ को सागर देउला, वर्ष ४६ को रबिन्द्र पोडे, वर्ष २९ की कलेनी पुजारी, वर्ष ३५ की टिकामाया पुजारी र वर्ष २२ की सञ्जाली पुजारी छन्।

खुकुरीसहित पक्राउ परेका उनीहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी बृत्त लैनचौरबाट आवश्यक अनुसन्धान तथा छानबिन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु