पार्किङ गरेर राखेको बसभित्र एक युवक मृत फेला

निरन्तर न्यूज
१६ श्रावण २०८१, बुधबार १५:२५

काठमाडौं । नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवकको शव भेटिएको छ ।

काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक विगत २ महिनादेखि पार्किङ गरी राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव भेटिएको हो ।

उक्त शव सुनसरी इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको रहेकाे प्रहरीले जनाएको छ ।

युवकको मृत्युको कारण खुलेको छैन। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु