अमेरिकामा लुटेराकाे समूहले एक नेपालीको गोली हानेर हत्या

निरन्तर न्यूज
१४ श्रावण २०८१, सोमबार ०९:३२

काठमाडौं । अमेरिकाको टेक्ससमा लुटेराको समूहले गोली हानेर एक नेपालीको हत्या गरेको छ । टेक्ससको वेको सिटी नजिकको ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो ।

ओली रुकुम बाफीकोटको स्थायी बासीन्दा भएको खुलेको छ ।

स्थानीय समय अनुसार बिहान ५ बजेर २० मिनेटमा वली माथि गोली प्रहार भएको थियो ।

हत्यामा २ जना लुटेराको समूह संलग्न रहेको बताइएको छ । ओली अमेरिकामा ५ वर्षिया छोरी र श्रीमतीको साथमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु