नायिका स्वेता खड्काको ट्युमरको शल्यक्रिया

निरन्तर न्यूज
१२ जेष्ठ २०७६, आईतवार ०८:०९

काठमाण्डौँ ।  भर्खरै नायिका स्वेता खड्काको ट्युमरको शल्यक्रिया भएको छ । चलचित्र ‘ हेल्लो जिन्दगी ‘ को छायांकनको क्रममा लन्डन पुगेकी खडकालाई ज्वरो आउनुको साथै घाँटीमाथि र चिउँडो नजिकैको भागमा दुखाई बढेपछि उनले परिक्षण गराएकी थिइन् ।

चिकित्सकले टयुमर भएको र तत्काल शल्यक्रिया गर्न सुझाव दिए पश्चात उनि शल्यक्रिया गर्न नयाँ दिल्ली गएकी थिइन् । रोबोटिक सर्जरीको माध्यमबाट बायाँ कानको तल्लो भागमा बढेको ट्युमरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएकाे बताइएको छ ।

शल्यक्रिया पश्चात आफुले नयाँ जिन्दगी पाएको बताएकी उनि हाल बेड रेस्टमा छिन् । पुरै स्वस्थ हुन उनलाई अझै केही समय लाग्ने चिकित्सकले बताएका छन् । उनको घाँटीको एक पाटो प्यारालाइज्ड भएको छ । उनको आवाजलाई रेस्ट दिनु पर्ने भएकोले हाल उनि धेरै बोल्न सक्ने अवस्थामा छैनन् ।

तश्विर गुगल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*