देशभर डेंगु सङ्क्रमण, सबैभन्दा बढी काठमाडौँमा

निरन्तर न्यूज
१० श्रावण २०८१, बिहीबार २०:५६

काठमाडौं। देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताए।

इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ५९३, कोशी प्रदेशमा ४६१ जनामा डेंगु पुष्टि भएको छ ।

किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताए।
त्यसैगरी, गण्डकी प्रदेशमा २९४, लुम्बिनी प्रदेशमा २०१, सुदूरपश्चिममा २१०, मधेश प्रदेशमा ४३ र कर्णाली प्रदेशमा २३ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिए। जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २०९, झापामा १२९ जनामा डेंगु पुष्टि भएको देखिएको छ । चिकित्सकका अनुसार डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरु दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्ता हुने यसको प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा।दाहालको सुझाव छ।

कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरु सफा गर्ने, पानी राख्ने भाँडाहरु बेला–बेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।’उनले भने गोरखापत्रबाट ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु