भारतीय काँग्रेस अध्यक्ष राहुल गान्धीकाे राजीनामा अस्विकृत
एजेन्सी। हालै सम्पन्न लोकसभा चुनावमा पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार गर्न शनिबार बसेको भारतीय कांग्रेसको कार्यसमिति बैठकमा भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले पेश गरेको राजीनामा स्विकृत भएन ।
भारतीय सञ्चार माध्यमका अनुसार उनले कांग्रेस नेतृ सोनिया गान्धीसमक्ष राजीनामा पेस गरेकाेमा पार्टीका वरिष्ठ नेताहरुले उनलाई राजीनामा समस्याको समाधान नभएकाे भन्दै राजिनामा नदिन अनुराेध गरेका छन् ।
कांग्रेसको वर्किङ कमिटीकाे बैठकमा मध्य प्रदेशका मुख्यमन्त्री कमल नाथ उपस्थित नभएको बताइएको छ । मध्य प्रदेशमा कांग्रेस आईले नराम्रो पराजय भोगेको छ । पार्टीले यहाँ २९ मध्ये २८ मा हार व्यहोरेको हो । पार्टीका वरिष्ठ नेता तथा मुख्यमन्त्री दिग्विजय सिंह तथा ज्योतिरादित्य सिंधियाजस्त हस्तीले समेत हार व्यहोर्नु परेको छ । बैठक काँग्रेस मुख्यालय दिल्लिमा बसेकाे थियाे ।
हारको समीक्षा र भावी रणनीति तय गरिने बैठकमा राहुल गान्धी, सोनिया गान्धी, मनमोहन सिंह, प्रियंका गान्धी लगायत वरिष्ठ नेताहरुको उपस्थिति रहेको थियाे ।
लोकसभा चुनावमा कांग्रेसले मुख्य विपक्ष दल बन्नका लागि चाहिले ५४ सिट समेत जित्न सकेको थिएन। उक्त पार्टी जम्मा ५२ सिटमा सीमित हुन पुगेको थियो र कांग्रेसका अन्य सहयोगी दल डीएमके तथा एनसीपीलगायतका दलले ४० सिट मात्रै जितेका छन् ।