मुलुकले आव ०८०/८१ मा १४ खर्ब ४० अर्ब ६० करोडको घाटा ब्यहोर्‍यो

निरन्तर न्यूज
७ श्रावण २०८१, सोमबार १८:३२

Logo
सोमबार, साउन ७ गते २०८१
एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा
6
Share
facebook sharing buttontwitter sharing buttonemail sharing buttonsharethis sharing buttonwhatsapp sharing button
एक वर्षमा १४ खर्ब ४० अर्ब व्यापार घाटा
images
काठमाडौं । मुलुकले आर्थिक वर्ष २०८०–८१ मा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०–८१ मा नेपालको व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख ८४ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ०.९६ प्रतिशतले घटी हो ।

गत आर्थिक वर्ष २०७९–८० मा नेपालको व्यापार घाटा १४ खर्ब ५४ अर्ब ५९ करोड १० लाख ७४ हजार रुपैयाँ थियो ।

आर्थिक वर्ष २०८०/८१ मा नेपालले १५ खर्ब ९२ अर्ब ९८ करोड रुपैयाँको आयात गरेको छ । यस्तै नेपालबाट १ खर्ब ५२ अर्ब रुपैयाँको निर्यात भएको छ । गत आर्थिक वर्षमा नेपालको आयात १.१६ प्रतिशतले र निर्यात ३.०३ प्रतिशतले खुम्चिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७९/८० मा नेपालबाट १ खर्ब ५७ अर्ब १४ करोड रुपैयाँको निर्यात भएको थियो । यस्तै सो अवधिमा नेपालतर्फ १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको आयात भएको थियो । आर्थिक वर्ष २०७८/७९ यता निरन्तर आयात र निर्यात घट्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु